घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ । सोमबार सुनको मूल्य  प्रतितोला २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य  प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, सोमबार  तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । सोमबार  चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।