काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित

काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित



काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् । संघको नवौँ महाधिवेशनले अध्यक्षमा गौतमलाई चयन गरेको हो । 

यसैगरी वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) कृष्ण केसी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन भएका छन् ।