मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद बैठक जारी



काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी आठ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि अहिले मन्त्रिपरिषद बसेको हो ।

नेकपा एमाले, राप्रपा तथा रास्वपा सरकारबाट बाहिरिएपछि सरकारमा नेकपा माओवादी केन्द्र र जनमत पार्टी मात्र छन् । माघ ३ गते बनेको २५ सदस्यीय मन्त्रिपरिषद् अब ७ जनामा सीमित भएको हो । पुस ११ गते गठन भएको सरकारलाई प्रचण्डले माघ ३ गते पूर्णता दिएका थिए ।