एनआईबिएल एस क्यापिटलद्वारा धितोपत्र बजार र एसआइपि सम्बन्धी सचेतना कार्यक्रम

एनआईबिएल एस क्यापिटलद्वारा धितोपत्र बजार र एसआइपि सम्बन्धी सचेतना कार्यक्रम



काठमाण्डौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा छाँयादेबी कम्पेल्क्स ठमेल काठमाण्डौँ स्थित अलफ्ट होटल मा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना (Systematic Investment Plan: SIP) सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अघिदेखि सुरुवात गरेको यस सेवा अन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहको छ ।