विदेशबाट पठाएको पैसा अब वालेटमा प्राप्त गर्न सकिने

विदेशबाट पठाएको पैसा अब वालेटमा प्राप्त गर्न सकिने



काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

यस सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पश्चात लाईभ हुनेछ र लागु गरे पश्चात ग्राहकहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।