१८ दलले गरे चितवन-२ उपनिर्वाचनका लागि दल दर्ता (सूची सहित)

१८ दलले गरे चितवन-२ उपनिर्वाचनका लागि दल दर्ता (सूची सहित)


ग्लोब नेपाल
3.4k
Shares

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार फागुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् ।

दर्ता भएका दलहरू

नेपाल मजदुर किसान पार्टी
मंगोल नेसनल अर्गनाइजेसन
राष्ट्रिय नागरिक पार्टी
नेपाली कांग्रेस
राष्ट्रिय जनमुक्ति पार्टी
राष्ट्रिय जनमोर्चा
नेकपा एमाले
नेकपा माओवादी केन्द्र
राष्ट्रिय स्वतन्त्र पार्टी
नेकपा माओवादी समाजवादी
नागरिक उन्मुक्ति पार्टी
हाम्रो नेपाली पार्टी
पुनर्जागरण पार्टी नेपाल
मौलिक जरोकिलो पार्टी
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
नेपाली कांग्रेस(बी.पी.)
राष्ट्रिय प्रजातन्त्र पार्टी
जय जन्मभूमि पार्टी नेपाल