राष्ट्रपतिमा आफूलाई मतदान गर्न भन्दै सबै मतदातालाई रामचन्द्रकाे चिठ्ठी

राष्ट्रपतिमा आफूलाई मतदान गर्न भन्दै सबै मतदातालाई रामचन्द्रकाे चिठ्ठी



काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले सबै मतदाताहरुलाई चिठ्ठी पठाएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले आफूलाई मतदान गर्न सबै मतदाताहरुलाई पत्र पठाएका हुन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् । यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ ।

पौडेलको प्रतिपक्षमा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभाका सदस्यहरु गरी जम्मा ८८२ मतदाताहरु रहेका छन् ।

राष्ट्रपतिको निर्वाचन यहीँ फागुन २५ गते हुँदैछ ।