सालनालसहित शिशु मृत फेला

सालनालसहित शिशु मृत फेला



सुर्खेत ।  सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन् । 

मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।