राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज अभिमुखीकरण

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज अभिमुखीकरण


ग्लोब नेपाल
621
Shares

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलको सांसदहरूको आज अभिमुखीकरण कार्यक्रम हुँदैछ । रोयल बैंक्वेट तीनकुनेमा हुने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरू उपस्थित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार बिहीबार दिउँसो १ बजेबाट सो अभिमुखीकरण कार्यक्रम सुरु हुनेछ ।  

कार्यक्रममा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिने तय भएको कांग्रेस मुख्यसचिव पौडेलले जानकारी दिए । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।