राष्ट्रपति चुनावका लागि प्रदेशमा खटिए कांग्रेसका पदाधिकारी (काे कहाँ ?)

राष्ट्रपति चुनावका लागि प्रदेशमा खटिए कांग्रेसका पदाधिकारी (काे कहाँ ?)


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो ।

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । राष्ट्रपति चुनावमा संघीय संसद र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई मतदान केन्द्रमा हुनेछ । निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।