बिरोध शैली परिबर्तन : कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने

बिरोध शैली परिबर्तन : कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने



धनगढी । चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् । 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेको हाे । 

बित्तिय संस्थाहरुले ब्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै  केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दै आएका छन । दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका हुन ।

हिजो बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए । यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुदैँ आएका छन ।