आइसिसी यू–१९ विश्वकप छनोटः नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

आइसिसी यू–१९ विश्वकप छनोटः नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य


ग्लोब नेपाल
972
Shares

काठमाडौं । कप्तान देव खनालको अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए ।

उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । यूएईका ध्रुव पारासर तीन विकेट लिए । कप्तान आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान दुई विकेट लिए । अम्मर बदामी र हर्षित सेठले एक/एक विकेट लिए ।

नेपाल यस खेलमा विजयी भएमा आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।