यस्तो छ राष्ट्रपति निर्वाचनको नमुना मतपत्र

यस्तो छ राष्ट्रपति निर्वाचनको नमुना मतपत्र


ग्लोब नेपाल
15.5k
Shares

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनकालागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । जसअनुसार मतपत्रमा राष्ट्रपतिका उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामसंगै फाेटाे राखिएको छ । क्रमसंख्याकाे एक नम्बरमा आठदलीय गठबन्धनका साझा उम्मेदवार पौडेल र दोस्रो नम्बरमा एमालेका उम्मेदवार नेम्वाङको नाम राखिएको छ ।

आयोगले सार्वजनिक गरेको नमुना मतपत्र अनुसार संघीय सांसदले हाल्ने मतपत्रको रंग रातो र प्रदेश सभा सदस्यका लागि हरियो रङको मतपत्र छ । निर्वाचनमा ३३२ संघीय सांसद र प्रदेश सभाका ५५० गरी कूल ८८२ जनाले मतदान गर्न पाउनेछन् ।

यस्तो छ मतपत्रको नमुना