नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै


ग्लोब नेपाल
81
Shares

दुबई । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह ११: ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

नेपाल र पपुवा न्युगिनीबीच हालसम्म ७ ओडिआई खेल खेलेको छ । नेपाल ५ र पपुवा न्युगिनी २ खेलमा विजयी भएका छन् । लिग २ मा नेपालले तीनै खेलमा पपुवा न्युगिनीलाई हराएको छ । गतवर्ष घरेलु मैदानमा नेपालले दुवै खेल हारेको थियो । २०२१ मा ओमान दुई खेलको सिरिज नेपालले क्लिनस्विप गरेको थियो ।

नेपालको सम्भावित प्लेईङ-११

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।