बझाङमा नवजात शिशुकाे शव फेला

बझाङमा नवजात शिशुकाे शव फेला



बझाङ । बझाङकाे जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेकाे बाहुँलीगाड किनारमा नवजात शिशुको शव फेला परेको छ ।

बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुकाे शव फाल्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।