काम खोज्दै खोटाङ पुगेका सिरहाका सदा मृत फेला

काम खोज्दै खोटाङ पुगेका सिरहाका सदा मृत फेला



खोटाङ । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहेका सदा शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । 

दुई तीन दिनदेखि बिरामी परेका सदा बिहीबार भने काममा जान सकेका थिएनन् । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका थिए । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । मजदुरको काम गर्दै आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दै आएका थिए ।