पुरुष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ : उपसभामुख राना

पुरुष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ : उपसभामुख राना


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ ।

उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको मेरो अहिले एकमहिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ । अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन ररु कस्तो लाग्छरु तपाईहरुलाई । यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे म । म सानो भुइँमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ । भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ । पहिला पुरुष उपसभामुख हुँदाखेरि चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’ उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताइन् ।