दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने मन्त्रिपरिषद्काे निर्णय

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने मन्त्रिपरिषद्काे निर्णय



काठमाडौं । दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । सरकारले दूधको मूल्य बढाएको हाे ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको एक मन्त्रीले जानकारी दिएका छन् । किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे हाे ।

अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ । यसको भार सिधै उपभोक्तामा पर्नेछ ।