अपडेट : ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा २ को मृत्यु, १२ जना घाइते (विवरणसहित) 

अपडेट : ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा २ को मृत्यु, १२ जना घाइते (विवरणसहित) 



ओखलढुङ्गा । ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारको लागि जिल्ला सदरमुकाम र काठमाडौं  पठाइएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान ७:४५ बजे खानिभन्ज्याङबाट ओखलढुङ्गा तर्फ आउदै गरेको ना १ ज ८४८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा १४ जना सवार थिए ।

ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–२ का ५२ वर्षका मिनबहादुर श्रेष्ठ र सोही स्थानका ७० वर्षका भक्तबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।