एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई

एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई


ग्लोब नेपाल
162
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गररिएको हो । 

नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यो समुह ‘बि’को टिम हो र नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार नेपालले आगामी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएईविरुद्ध खेल्नेछ । यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ ।