कञ्चनपुरमा आफ्नै घरमा मृत फेला परे प्रहरी वरिष्ठ सई

कञ्चनपुरमा आफ्नै घरमा मृत फेला परे प्रहरी वरिष्ठ सई



कञ्चपुर । कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् ।

भीमदत्त नगरपालिका–१५ शारदा टोलमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत फेला परेका हुन् ।
उनी आइतबार राति मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्द राति घरमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।