नीलगाईसँग मोटरसाइकल ठोक्किदा चालककाे मृत्यु

नीलगाईसँग मोटरसाइकल ठोक्किदा चालककाे मृत्यु



रौतहट । सडक पार गर्न खोजेको नीलगाईसँग सडकमा गुडिरहेको मोटरसाइकल ठोक्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकल र नीलगाई ठोक्किँदा यमुनामाई गाउँपालिका ४, सरुअठाका देव नारायण साहको ज्यान गएको बताइएको छ ।

रौतहटको बौधीमाई नगरपालिका ५ स्थित वनबाट सडकमा निस्किएको नीलगाई र साहले हाँकेको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल अस्पताल पुर्याइए पनि उनको निधन भएको हो ।