लमजुङ प्रहरीलाई अत्याधुनिक नयाँ भवन

लमजुङ प्रहरीलाई अत्याधुनिक नयाँ भवन



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङ अत्याधुननिक नयाँ भवनमा सरेको छ । साविक प्रहरी परिसरमा नेपाल सरकारबाट नियमित विनियोजित चार करोड २३ लाख रुपैयाँमा निर्मित भवन आइबारदेखि औपचारिक रुपमा सञ्चानलमा आएको हो ।

नवनिर्मित भवनको नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दिवेश लोहनीले उद्घाटन गरे । कार्यालय भवन संगै कार्यालय प्रमुख निवास, जवानहरुको आवास सहित भान्साघर, हिरासत कक्ष र बन्दी भवनको महानिरिक्षिक लोहनीले उद्घाटन गरेको हुन् ।

उद्घाटन गदै नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक सिंहले प्रहरी संगठन जनतप्रति समर्पित एक कुशल र प्रतिवद्ध व्यवसायिक संगठन भएको बताए । उनले संगठनलाई मजबुत , सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाको ठूलो भूमिका रहने बताए । साथै प्रहरी संगठन देश र जनताप्रति प्रतिवद्ध व्यवसायिक संगठन भएकाले सधै जनताप्रति समर्पित भएर शान्ति, सुरक्षा र अमन चयनको कार्यमा लाग्न निर्देशन दिए ।

जिल्ला प्रहरीनका अनुसार आर्थिक वर्ष २०७६/७७ बाट निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भएको हो । भवन निर्माणमा लागि काभ्रेस्थित ब्राईट मल्टि कन्सट्रक्सन प्रालिले जिम्मा पाएको थियो । ४ करोड २३ लाख १० हजार ४० रुपैयाँको लागतमा व्यारेक, हिरासत, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृतको लागि आवास र मेस लगायतको संरचना रहेको भवनको निर्माण भएको हो ।

करिब ३ सय भन्दा बढि प्रहरी संख्या भएको लमजुङमा भने जीर्ण र पूरानो संरचना र भौतिक पूर्वाधार हुदाँ निकै कठिनाई भएको थियो ।