राष्ट्रपति भण्डारी २९ गते घर सर्ने

राष्ट्रपति भण्डारी २९ गते घर सर्ने


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २९ गतेभित्र शीतलनिवास छोड्नुहुने भएको छ । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लाग्नुभएको हो ।

उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैंले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ ।

नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।