रापप्रा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

रापप्रा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।
 
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारवाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ । 

आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निर्क्याैल गर्नेछ ।