आईसीसी विश्वकप क्रिकेट लिग-२: पीएनजीविरुद्ध आसिफको सानदार शतक

आईसीसी विश्वकप क्रिकेट लिग-२: पीएनजीविरुद्ध आसिफको सानदार शतक

आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । ओपनर आसिफ शेखले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा पीएनजीविरुद्ध शतक प्रहार गरेका छन् । आसिफले १ सय १ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेका हुन् । उनले एक हजार रन पूरा गरेका हुन् ।

आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । रोहित क्रिजमा खेलि रहँदा ४१ खेलमा १ हजार १ सय ९४ रन बनाई सकेका छन् । आसिफले ३२ औं ओभरको तेस्रो बलमा एक रन बटुल्दै एक हजार रन पूरा गरेका थिए ।