रामचन्द्रकाे रमेश र सुवासकाे महेश तोकिएका प्रतिनिधि

रामचन्द्रकाे रमेश र सुवासकाे महेश तोकिएका प्रतिनिधि



काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मगणनाका लागि प्रतिनिधि तोकिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार बनेका रामचन्द्र पौडेलकाे तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रतिनिधि तोकिएका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङका तर्फबाट एमाले सांसद महेश वर्तौला प्रतिनिधि तोकिएका छन् । मत गणनाका क्रममा एक–एकजना मात्र प्रतिनिधि बस्ने सहमति निर्वाचन आयोगसँग भएको छ ।