उपराष्ट्रपति निर्वाचनलगत्तै मन्त्रिपरिषद्को पूर्णता पाउँछ : प्रधानमन्त्री

उपराष्ट्रपति निर्वाचनलगत्तै मन्त्रिपरिषद्को पूर्णता पाउँछ : प्रधानमन्त्री

एउटा राजनीतिक कोर्श पूरा भयाे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीवार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताएका हुन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

राष्ट्रपतिको निर्वाचन भएसँगै स्थानीय तहदेखि शुरू भएको निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्दै उनले एउटा राजनीतिक कोर्श पूरा भएको बताए ।

नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि अहिले प्रचण्ड सरकारमा माओवादी र जनमत पार्टी मात्र छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

विश्वासको मतअगावै सरकार विस्तार गर्ने प्रचण्डको तयारी छ ।