माओवादी घटकको निर्णय : २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिया

माओवादी घटकको निर्णय : २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिया


ग्लोब नेपाल
0
Shares

काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनेमा जोड दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन् ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलकाअनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले निकालेको छ । सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियाबाट हेरेपछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी–माओवादीका नेता सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा बहुमत का नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, नेताहरू कृष्णबहादुर महरा, देव गुरूङ, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, खड्कबहादुर विक, कर्णजीत बुढाथोकी लगायतको उपस्थित थियो ।