काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन रहेका छन् । आज नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
प्रतिक्रिया