लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति


ग्लोब नेपाल
1.9k
Shares

काठमाडाैं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ । आज तीन दलबीच विभिन्न एजेन्डाहरूमा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको हाे ।

‘तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ,’ सहमति पत्रमा उल्लेख छ । यस पत्रमा अध्यक्ष राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् । जनमतले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् ।

कार्यगत एकताबारे प्रतिक्रिया दिँदै जनमत पार्टीका अध्यक्ष राउतले आन्दोलनकारी र परिवर्तन पक्षधरहरूलाई बधाई दिएका छन् । उनले उपराष्ट्रपतिको निर्वाचन, मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न लोसपा, नाउपा र जनमत पार्टी सहमत भएको उल्लेख गरेका छन् ।