उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा जारी

उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा जारी


ग्लोब नेपाल
216
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो । काठमाडौंमा परिरहेको वर्षा अझैँ २/३ घण्टा  जारी रहने महाशाखाको भनाइ छ ।