मुख्यमन्त्री कार्कीलाई थारु समुदायको ज्ञापनपत्र

मुख्यमन्त्री कार्कीलाई थारु समुदायको ज्ञापनपत्र


ग्लोब नेपाल
2k
Shares

विराटनगर । निजामति सेवामा आरक्षण हटाएको विरोधमा कोसी प्रदेशका थारु समुदायले मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । सर्वोच्च अदालतले थारु समुदायलाई बेग्लै आरक्षण दिनु भन्ने फैसलालाई बेवास्ता गर्दै कोसी प्रदेशले निजामति सेवामा थारु समुदायको आरक्षण खारेज गरेको छ ।

निजामति सेवामा आरक्षणका लागि थारु समुदायलाई मधेशी समुदायमा गाभेर राजपत्र छापिएको छ । थारु समुदायलाई निजामति सेवामा छुट्टै आरक्षणको माग राखेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । सबै कुरा आफूलाई थाहा नहुने र यस विषयमा सांसदहरुसँग छलफल गर्ने आश्वासन मुख्यमन्त्री कार्कीले दिएका छन् ।

ज्ञापनपत्र बुझाउन थारु आयोगका सदस्य भोला चौधरी, सांसद जयप्रकाश चौधरी, ललिता चौधरी, सुनिता गच्छेदार, एमाले जिल्ला सदस्य मीना चौधरी, कानुन व्यवसायी नीरा भगत र सञ्चारकर्मी बबनसिंह थारु मुख्यमन्त्रीको कार्यालयमा गएका थिए ।