एमबीबीएस प्रवेश परीक्षामा सिट संख्याभन्दा तेब्बर उत्तिर्ण

एमबीबीएस प्रवेश परीक्षामा सिट संख्याभन्दा तेब्बर उत्तिर्ण



काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहतर्फ एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले प्रकाशन गरेको नतिजाअनुसार ६ हजार ६ सय ६९ जना उत्तीर्ण भएका छन् । आयोगले गत फागुन २४ गते परीक्षा लिएको थियो। आयोगले एमबीबीएसका लागि १८९५ सिट संख्या निर्धारण गरेको छ । यसरी हेर्दा ४ हजार ७ सय ७४ जनाभन्दा बढि परीक्षार्थी उत्तिर्ण भएको देखिन्छ।

नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिनसक्ने आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

आयोगले एमबीबीएसका लागि १८९५, बीडीएसतर्फ ५६०, बीएनएसमा १३१०, बीएएमएसमा ८०, बीपीएचमा ८४०, बी फार्ममा ८१५ सिट तोकेको छ । आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ सिट तोकेको छ ।

यस्तै आयोगले परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जनाको परीक्षा रद्द गरेको छ । आयोगले फागुन २४ गते एकीकृत प्रवेश परीक्षा लिएको थियो ।