कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक

कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक

विश्वासको मत र सरकार विस्तारकाे तयारी


ग्लोब नेपाल
540
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेलगायतका विषयमा निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन र संसदीय दल कार्यसमितिको बैठक डाकेको छ । शनिबार बसेको पदाधिकारी बैठकले भोलि केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकार विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकार विस्तारको विषयमा निर्णय लिन आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको छ भने मध्याह्न १२ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ । प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।