कर्णालीका ३५ क्याम्पसमा कहाँ कसले जिते ?

कर्णालीका ३५ क्याम्पसमा कहाँ कसले जिते ?



कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका ३९ वटा क्याम्पसमध्ये ३५ वटाको नतिजा सार्वजनिक भएको छ ।

यही चैत ५ गते देशभरसँगै कर्णालीका १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती १८ वटै क्याम्पसको परिणाम मंगलबार सार्वजनिक भएको हो । बाँकी १७ वटा क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नतिजा आएका १६ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जित हात पारेको छ ।

यस्तै नेपाली कांग्रेसनिकट नेविसंघले १२ र नेकपा एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा विजय हासिल गरेको छ। एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित तीनवटामा विविध कारण चुनाव हुन सकेको छैन ।

कहाँ कसले जिते ?

अखिल क्रान्तिकारी

–सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला : सन्तोष आचार्य (निर्विरोध)

–स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम : किरण विश्वकर्मा (निर्विरोध)

–सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम : वीरभान भण्डारी (निर्विरोध)

–सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम : निराजन केसी (निर्विरोध)

–सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम : निर्मला बुढाथोकी (निर्विरोध)

–चतुर्देव क्याम्पस रातापानी मुगु : मन्सुर कार्की (निर्विरोध)

–बनगाड क्याम्पस सल्यान : अजय विष्ट (निर्विरोध)

–थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान : वरुण न्यौपाने (निर्विरोध)

–लिखु संयुक्त क्याम्पस डोल्पा : रनचन्द्र शाही (निर्विरोध)

–जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : जागेश्वर थापा (निर्विरोध)

–जनकल्याण क्याम्पस थारमारे सल्यान : एकराज ओली (निर्विरोध)

–जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल

–तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह

–जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम : भरत विक

–राडिज्यूला शिक्षा क्याम्पस, आठबिसकोट रुकुम पश्चिम : दीपक केसी

–नलगाड बहुमुखी क्याम्पस जाजरकोट : टेकबहादुर खत्री

नेविसंघ
–नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट (निर्विरोध)

–गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का (निर्विरोध)

–मानोसरोबर बहुमुखी हुम्ला : नरेन्द्र भण्डारी (निर्विरोध)

–चामुण्डा कलेज दैलेख : सुनिलकुमार शाही

–आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख : नगेन्द्रबहादुर शाही

–द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख : प्रकाश थापा

–रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ

–विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत : चेतन नेपाली

–जुम्ला बहुमुखी क्याम्पस जुम्ला : महेश हमाल

–डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोकाय

–भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट : प्रकाशसिंह ठकुरी

–रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम : अनिशेष केसी

अनेरास्ववियु

–अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल (निर्विरोध)

–हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली (निर्विरोध)

–सल्यान बहुमुखी क्याम्पस सल्यान : राजेश वली (निर्विरोध)

–भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल

–सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : घनश्याम रेग्मी

–सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा : अक्कलबहादुर सिजापती

स्वतन्त्र
–कपुरकोट बहुमुखी क्याम्पस, सल्यान : रामप्रसाद आचार्य