दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु



दैलेख । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ ।

मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।