कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन

कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन



काठमाडौं । नेपाली कांग्रेसका तेह्रथुमका पूर्वजिल्ला सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता विमलीको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।

२०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका विमली नेपाली कांग्रेसको जिल्ला सभापतिहुँदै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत विभिन्न सांगठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए ।

उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज गुमाएको जनाएको छ ।