राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक तथा वित्तीय संस्थाको बिदाको सूची

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक तथा वित्तीय संस्थाको बिदाको सूची



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै बिदाको समय निर्धारण गरेको छ ।

राष्ट्र बैंकले सरकारले तोकेको सार्वजनिक बिदाका कतिपय दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिँदै आएको छ ।

२०८० सालका लागि राष्ट्र बैंकले दशैं बिदा फूलपातीदेखि द्वादशीसम्म र तिहार बिदा लक्ष्मीपूजादेखि किजा पुस २०८० कात्तिक २६ देखि कात्तिक २९ गतेसम्म दिने हुने भनेको छ ।

राष्ट्र बैंकले बिदालाई पनि क र ख गरी पूरा दिन र आधा दिनमा विभाजन गरेको छ । क वर्गको बिदामा पूरा दिन र ख वर्गको बिदामा आधा दिनमात्र बैंक तथा वित्तीय संस्था खुल्ने भनेको छ ।