साल्ट ट्रेडिङको साधरणसभा सम्पन्न

साल्ट ट्रेडिङको साधरणसभा सम्पन्न


ग्लोब नेपाल
81
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारण सभाले सात जना सञ्चालक समिति चयन गरेको छ । शुक्रवार साँझ सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांस वितरण गर्नेसहित ७ जना सञ्चालक समितिसमेत चयन गरेको हो । 

साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा नियुक्त गरेको छ । जसअनुसार प्रदीप लाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्र मान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शंकर प्रसाद क्षेष्ठ रहेका छन् ।

यसैगरी, १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाण्टेण्टसलाइ पुनः नियुक्ति गरेको छ ।