खोला किनारको अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको सूचना

खोला किनारको अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको सूचना


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोला किनारमा बनेका अनधिकृत संरचना हटाउन ७ दिने सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै नदी किनार, नदी उकास तथा नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको छ । अनधिकृत संरचना एक साताभित्र नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने सूचनामा उल्लेख छ ।