वैशाख १० उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

वैशाख १० उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिदै छ । निर्वाचन आयोगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ । आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ । चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हाे । चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दाले सांसद पद खाली भएकाे थियाे ।

बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन् । तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए ।