दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग

दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

आजको संसद बैठकमा उनले सरकारले पहुँचवालाका नाममा उपचारका लागि करोडौँ खर्च दिने गरेको तर दूरदराजका बिरामीले उपचारको लागि घरबार बेच्दा पनि उपचार हुन नसक्ने अवस्था रहेको बताए ।

हस्पिटलमा डिपोजिट गनुपर्ने व्यवस्थाले दूरदराजका नागरिकले उपचार गर्न नसकेको भन्दै खतिवडाले नागरिकको शिक्षा र स्वास्थ्य उपचारमा निःशुल्क, सहज रुपमा व्यवस्था गर्न पनि आग्रह गरे ।