मिटर ब्याज पीडित ११ दिन पैदल हिँडेर आइपुगे काठमाडौं

मिटर ब्याज पीडित ११ दिन पैदल हिँडेर आइपुगे काठमाडौं



काठमाडौं । पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल हिड्न सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा ११ दिनमा आइपुगेका हुन् ।

मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास-काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् ।

तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।