राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : रघुजी पन्त

राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : रघुजी पन्त



काठमाडौं । एमाले नेता रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार नचाहिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका हुन् । 

राष्ट्रपतिले सल्लाहकार र विज्ञ राख्ने कानुन संशोधन गरेर हटाउनुपर्ने बताउँदै उनले अन्यता राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राखेमा संसदीय प्रणालीलाई कमजोर बनाउने बताए । 

साथै उनले उपराष्ट्रपतिको काम नै नभएकाले राष्ट्रियसभाको अध्यक्षको अवधि सकिएपछि कानुन संशोधन गरेर उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था गर्नुपर्ने बताए ।