सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, अन्तिम समयमा सन्दीपकै तर्फबाट पेसी स्थगित गरिएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सुनुवाइ गर्ने तय भएको थियो । न्यायाधीश घिमिरेले नै सन्दीपलाई पुर्पक्षका लगि थुनामा राख्न आदेश दिएका थिए । घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी परेको भन्दै सन्दीपका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेर इजलासको ध्यानाकर्षण गराएका थिए ।

‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो ।

सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।