आज कृषि बिकास बैंकको साधारणसभा

आज कृषि बिकास बैंकको साधारणसभा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारण आज बस्दैछ । कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्न लागेको साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्ने कार्यतालिका रहेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ  ।

फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुक क्लोजको मिति तोकेको बैकको  साधारणसभामा  फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउने र्बैकले जनाएको छ ।