एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबिच रोडम्याप फर आइपिओ सम्झौता

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबिच रोडम्याप फर आइपिओ सम्झौता



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रालीबिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ (Roadmap for an IPO) सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रालीकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा नेशनल बायोटेक प्रालीकाे तर्फबाट अध्यक्ष श्याम विक्रम सिजापतिको पनि उपस्थिती रहेको थियो ।

नेशनल बायोटेक प्रालि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाण्डौ नेपालमा सञ्चालन भइरहेको छ । नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो, जसले उच्च गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ । यस कम्पनिको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् । यस कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु-आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ ।

अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु-आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले नेशनल बायोटेक प्रालीलाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा आवश्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

NIBL Ace ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन ( Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।