प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक धरौटीमा छुटे

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक धरौटीमा छुटे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् ।

गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए ।

तीनैजनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन् ।