सभापति देउवाद्वारा किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित

सभापति देउवाद्वारा किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् ।

गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका ईश्वर गिरी, कैलालीका डा. जितु उपाध्याय, सर्लाहीका भवानी कोइराला, पर्साका विश्वराज घिमिरे, महोत्तरीका डा. धिरेन्द्र साह र झापाका कालु मेचे रहेका छन् ।

त्यस्तै गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेका ऋचा लुईटेल, डडेल्धुराका रमेश रावल, काठमाडौंका मनोज थापा र काठमाडौंका विश्वनाथ दाहाल पनि किसान महासंघमा मनोनित भएका हुन् ।